आयोजक लिटिल एन्जल्स विजयी

छात्र फुटबलमा एलएले भानुभक्तलाई ६–०, लोयल्टीले बज्रबाराहीलाई ५–१ र डीएभीले क्याम्पियनलाई ३–० ले पराजित गरे ।

मंसिर १४, २०८२

कान्तिपुर संवाददाता

Hosts Little Angels win

काठमाडौँ — आयोजक लिटिल एन्जल्स कलेज एलए स्पोर्टस मिटमा विजयी भएको छ । मिटमा फुटबल र बास्केटबलको प्रतियोगिता भइरहेको छ ।

छात्र फुटबलमा एलएले भानुभक्तलाई ६–०, लोयल्टीले बज्रबाराहीलाई ५–१ र डीएभीले क्याम्पियनलाई ३–० ले पराजित गरे ।

बास्केटबलमा एलएले जेभियर एकेडेमीलाई ४६–३५, आइएमएसले जेभियर एकेडेमीलाई १६७, क्याम्पियनले आईएमएसलाई ३२–१५ र मनास्लुले ओमेगालाई ४३–३५ स्कोरले हराए ।

प्रतियोगिताको आयोजक कलेजका प्रिन्सिपल कृष्ण अवस्थीले उद्घाटन गरे ।

कान्तिपुर

Link copied successfully