सिटी अन्तिम क्षणमा विजयी

खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला फोडेनले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेट गोल गरेका हुन् ।

मंसिर १४, २०८२

कान्तिपुर संवाददाता

City win in the last minute

काठमाडौँ — फिल फोडेनले खेलको अन्तिम क्षणमा गरेको गोलको मद्दतले म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडलाई ३–२ ले पराजित गरेको छ ।

खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला फोडेनले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेट गोल गरेका हुन् ।

यससँगै सिटी १३ खेलबाट २५ अंकमा दोस्रो स्थानमा रह्यो र यो शीर्षमा रहेको आर्सनलसँग चार अंकको दूरी हो । अर्को प्रमुख खेलमा सन्डरल्यान्डले बर्नमाउथलाई ३–२ ले नै हरायो र २२ अंकमा चौथो स्थानमा उक्लिन सफल रह्यो ।

त्यसमा सन्डरल्यान्ड दुई गोलले पछाडि रहेर उत्कृष्ट पुर्नआगमन जित रच्न सफल भएको हो । यस्तै अन्य खेलमा फुलहमले टोटनहमलाई २–१, न्युकासल युनाइटेडले एभरटनलाई ४–१ र ब्रेन्टफोर्डले बर्नलीलाई ३–१ ले हरायो ।  

कान्तिपुर

Link copied successfully