बार्सिलोना र एटलेटिको विजयी

बार्सिलोनाले एलाभेसलाई ३–१ ले पराजित गरेको हो ।

मंसिर १४, २०८२

कान्तिपुर संवाददाता

Barcelona and Atletico win

काठमाडौँ — स्पेनी ला लिगाको उपाधि होडमा रहेका बार्सिलोना र एटलेटिको म्याड्रिड दुवैले शनिबार आ–आफ्नो खेलमा सजिलो जित निकालेका छन् । बार्सिलोनाले एलाभेसलाई ३–१ ले पराजित गरेको हो ।

त्यसमा लामिन यामलले बार्सिलोनाका लागि पहिलो गोल गरेपछि डानी ओल्मोले दुई गोल थपे । एटलेटिकोले रियल ओभिडोलाई २–० ले हरायो । त्यसमा दुवै गोल एलेक्जान्डर सरलोथले गरे ।

बार्सिलोना ३४ अंकमा शीर्ष स्थानमा रहेको छ भने एटलेटिकोको ३१ अंक छ र तेस्रो स्थानमा छ । उनीहरूबीच रियल म्याड्रिड एक खेल कम खेलेर ३२ अंकमा दोस्रोमा छ ।

दिनका अन्य खेलमा एथलेटिको बिलबाओले लेभान्टेलाई २–० ले हरायो । रियल मार्लोका र ओसासुनाले भने २–२ को बराबरी खेले ।

कान्तिपुर

Link copied successfully