सरस्वती डोजोबाट पदकधारी सम्मानित

श्रीलंकामा सम्पन्न नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेका खेलाडीलाई डोजोले १०–१० हजारसहित सम्मान गरेको हो ।

मंसिर १२, २०८२

कान्तिपुर संवाददाता

Medalists honored by Saraswati Dojo

काठमाडौँ — नेपाल वादोरियो कराते डो संघअन्तर्गत गोकर्णेश्वर–८ स्थित सरस्वती डोजोले शुक्रबार आफ्नो डोजोका उत्कृष्ट खेलाडीलाई सम्मान गरेको छ ।

श्रीलंकामा सम्पन्न नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेका खेलाडीलाई डोजोले १०–१० हजारसहित सम्मान गरेको हो । सरस्वती डोजोका खेलाडी सुस्मिता वाइबा र टीकामाया जिम्मीले स्वर्ण पदक जितेका थिए । एलन श्रेष्ठ र सुस्मिता वाइबाले तीन संस्करणमा लगातार स्वर्ण जित्दै ह्याट्रिक गरेका छन् ।

डोजोले १५ औं राष्ट्रपति रनिङ सिल्डमा स्वर्ण जितेका टिकामाया जिम्मी, कांस्य जितेका मिलन मगर तथा प्रथम युथ च्याम्पियनसिपका स्वर्ण जितेका नोर्बु तामाङलाई हौसलास्वरूप खेल सामग्री प्रदान गरिएको थियो ।

जोरपाटीको फेसन डिजायर पसलले डोजोका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकधारी खेलाडीलाई प्रोत्साहनस्वरूप ६ जोर ट्याकसुट प्रायोजन गरी हस्तान्तरण गरेको छ ।

सम्मानित खेलाडीलाई पुरस्कार तथा हौसलास्वरूप वीपी संग्रहालय सुन्दरीजलका संस्थापक अध्यक्ष परशुराम पोखरेल, वादोरियो करातेका वरिष्ठ प्रशिक्षक शुक्रबहादुर राई, फेसन डिजायर जोरपाटीका सञ्चालक जयराम बराल तथा डोजोका प्रमुख प्रशिक्षक पुरुषोत्तम पोखरेललगायतले प्रदान गरे ।

कान्तिपुर

Link copied successfully