हेम्स र मार्वलस बास्केटबल फाइनलमा

हेम्सले चैतन्यलाई ५८–२४ स्कोरले पराजित गर्‍यो । हेम्सको जितमा आशुतोष यादवले १७ स्कोर गरे ।

मंसिर १२, २०८२

कान्तिपुर संवाददाता

Hames and Marvelous in basketball finals

काठमाडौँ — हेम्स र मार्वलस १४ औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा फाइनल पुगेका छन् ।

हेम्सले चैतन्यलाई ५८–२४ स्कोरले पराजित गर्‍यो । हेम्सको जितमा आशुतोष यादवले १७ स्कोर गरे । सिनेप शाहीको १२ स्कोरमा मार्वलसले एभरेष्ट फ्लोरिडालाई ४८–४३ ले हरायो ।

सिनियर गर्ल्समा काठमाडौं जेभियर्स पब्लिक स्कुलले श्रृजनशीललाई १९–६ तथा काठमाडौं इङलिस स्कुल (केईएस) ले इनोभेटिभलाई २४–२२ ले हराएर फाइनलमा स्थान सुरक्षित गरे । काठमाडौं जेभियर्सकी सुहानी बानियाँले ६ तथा केईएसकी रिधिमा राणाले १२ स्कोर गरे ।

जुनियर ब्वाइजमा सनसाइनले स्पाङगललाई १८–८ र केइएसले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई २५–१३ ले हराएर फाइनलमा स्थान बनाए । सनसाइनका प्रशान्त ओलीले ८ र केईएसका आयुश तिमिल्सिनाले १२ स्कोर जोडे । फाइनल शनिबार हुनेछ ।

कान्तिपुर

Link copied successfully