डिसाबिलिटी क्रिकेट टोली भारत जाने

प्रतियोगिता डिसेम्बर ३ देखि ५ सम्म हुनेछ ।

मंसिर १२, २०८२

कान्तिपुर संवाददाता

Disability cricket team to travel to India

काठमाडौँ — भारत–नेपाल डिसाबिलिटी क्रिकेट सिरिजमा भाग लिन १५ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली आइतबार भारतको हरियाणा जाने भएको छ ।

खेलाडीमा रामप्रसाद खरेल, प्रदीप रिजाल, हेमबहादुर गुरुङ, बालकृष्ण गिरी, छवि धोबी, रिन्केश कुर्मी, विवेक शर्मा, राहुलकुमार कोइरी, कुन्जाबिहारी चौधरी, सुखलाल मिया, अनिलकुमार कहर, रामजान अली, अनुरेश पासी, रामकुमार यादव र तबरेज अन्सारी छन् ।

अफिसियलमा रामबहादुर कुावर र छुल्टिम शेर्पा छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र राखेपकी सदस्य अन्जना श्रेष्ठले शुक्रबार बिदाइ गरेका थिए । प्रतियोगिता डिसेम्बर ३ देखि ५ सम्म हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully