तीनदिने कार्यक्रममा काठमाडौं, पोखरा र चितवनका १५ प्रशिक्षकले सहभागिता जनाएको टेनिस संघका सचिव अजय विष्टले जनाएका छन् ।
काठमाडौँ — एसियाली टेनिस महासंघ (एटीएफ) को सहयोग तथा नेपाल टेनिस संघको आयोजनामा योङ टेनिस स्टार्स (वाईटीएस) कार्यक्रम बुधबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सकिएको छ ।
तीनदिने कार्यक्रममा काठमाडौं, पोखरा र चितवनका १५ प्रशिक्षकले सहभागिता जनाएको टेनिस संघका सचिव अजय विष्टले जनाएका छन् ।
कार्यक्रममा ३ देखि १० वर्षका बालबालिकालाई टेनिसमा कसरी आकर्षित गराउने भन्ने विषयमा सहभागीलाई प्रशिक्षण दिइएको थियो । सहभागीलाई आयोजक टेनिस संघका अध्यक्ष मनोहरदास मुलले प्रमाणपत्र प्रदान गरे । एटीएफ प्रशिक्षक माइक ब्यारेलले प्रशिक्षण दिएका थिए ।