नेपाली महिला टोली इन्डोनेसियासँग पराजित 

योग्यकार्ताको मागुवोहर्जो रंगशालामा घरेलु टोलीले एक गोलले पछाडि रहेको स्थितिबाट खेल जितेको हो । नेपालले इन्डानेसियाको आत्मघाती गोलको मदतमा अग्रता लिएको थियो ।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

Nepali women's team loses to Indonesia

काठमाडौँ — नेपाली महिला फुटबल टोली बुधबार इन्डोनेसियाविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा २–१ ले पराजित भएको छ ।

 योग्यकार्ताको मागुवोहर्जो रंगशालामा घरेलु टोलीले एक गोलले पछाडि रहेको स्थितिबाट खेल जितेको हो । नेपालले इन्डानेसियाको आत्मघाती गोलको मदतमा अग्रता लिएको थियो ।

अनिता बस्नेतको कर्नरमा विमला बिकले गरेको हेड प्रहारलाई इन्डानेसियाली डिफेन्डर भीभीले २० औं मिनेटमा आफ्नै पोस्टको दिशा दिएकी थिइन् । इन्डानेसियाली कप्तान गेय युमान्डाले ५८ औं मिनेटमा बराबरी गोल फर्काइन् । निर्णायक गोल भने ६७ औं मिनेटमा सम्भव भयो । उया अलले गोल गरेकी हुन् ।

नेपालले प्रमुख खेलाडी सावित्रा भण्डारीविना खेलेको थियो । चोटग्रस्त सावित्राविना नेपालले सटिक आक्रमण बुन्न सकेन । अब नेपालले थ्री नेसन्स कपको अर्को खेलमा मंगलबार चाइनिज ताइपेईको सामना गर्नेछ ।

अन्तर्राष्ट्रिय महिला फुटबलमा इन्डोनेसियाविरुद्ध नेपालको यो दोस्रो हार हो । नेपाल सन् १९८९ मा इन्डोनेसियासँग एएफसी वुमेन्स च्याम्पियनसिपमा पराजित भएको थियो । त्यसपछि नेपालले सन् २०१९ मा एएफसी वुमेन्स ओलम्पिक छनोटमा इन्डोनेसियालाई हराएको थियो । 

कान्तिपुर

Link copied successfully