एभरेस्ट, मार्वलस, इनोभेटिभ क्वाटरफाइनलमा

मार्वलसले एसियन पब्लिकलाई ३३–३१ स्कोरले पराजित गर्‍यो । मार्वलसको जितमा रोशन कुशवाहले १० स्कोर गरे ।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

Everest, Marvelous, Innovative in the quarterfinals

काठमाडौँ — मार्वलस र इनोभेटिभ १४ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा क्वाटरफाइनलमा पुगेका छन् ।

मार्वलसले एसियन पब्लिकलाई ३३–३१ स्कोरले पराजित गर्‍यो । मार्वलसको जितमा रोशन कुशवाहले १० स्कोर गरे । फणिन्द्र सुनवारको ६ स्कोरमा इनोभेटिभले सिर्जनशीललार्ई २१–१३ ले हरायो ।

सिनियर ब्वाइजमै एभरेस्ट फ्लोरिडाले सुप्रिमलाई ३८–१९, चैतन्यले स्पाङगललाई ३८–१६, सनसाइनले सुप्रिमलाई २२–१२ र हेम्सले सेवा सदनलाई ४९–२९ ले हराएर क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । एभरेस्टका एलिश थापाले २८, चैतन्यका विप्लव भाटले ९, सनसाइनका विशाल खड्काले ९ र हेम्सका जोनस शाहले २१ स्कोर गरे ।

जुनियर ब्वाइजमा अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) ले एसियन पब्लिकलाई २८–१६, स्पाङ्गलले चैतन्यलाई २१–१५, सनसाइनले अक्षरलाई २९–८ र काठमाडौं इङलिस स्कुल (केईएस) ले काठमाडौं जेभियर्स पब्लिक स्कुललाई ३०–१८ ले हराएर क्वाटरफाइनलमा स्थान बनाए । एआईएका आदित्य बुढाले १४, स्पाङ्गलका विराज तिमल्सिनाले १३, सनसाइनका प्रशान्तले १३ र केईएसका विपुल भुजेलले १८ अंक जोडे ।

सिनियर गर्ल्समा सनसाइनले एसियन पब्लिकलाई १५–१२ र लिभरपुलले चैतन्यलाई १७–१० ले पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरे । सनसाइनकी निलिमा मगर र जस्तिना कार्कीले ४–४ तथा लिभरपुलकी भूमिका लिम्बूले १० स्कोर गरेका थिए ।

कान्तिपुर

Link copied successfully