रेडियन्टको सिनियर ब्वाइज र गर्ल्स टोली फाइनलमा पुग्यो ।
काठमाडौँ — आयोजक रेडियन्ट पब्लिकको दुवै टोली ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार फाइनल पुगेको छ । रेडियन्टको सिनियर ब्वाइज र गर्ल्स टोली फाइनलमा पुग्यो ।
घरेलु कोर्टमा सिनियर ब्वाइज सेमिफाइनलमा रेडियन्टले बेबी एन्जललाई ४९–२४ स्कोरले पराजित गर्दै पुष्पसदनसँग फाइनल भेट पक्का गर्यो । रेडियन्टका सुगम राना मगरले १२ स्कोर गरे । अर्को सेमिफाइनलमा सम्राट लामाको १८ स्कोरमा पुष्पसदनले केभीसीलाई ४६–३२ ले हरायो ।
गर्ल्समा रेडियन्टले नवीन ज्योतिलाई १५–१३ ले हरायो । रेडियन्टकी सेजल रोक्काले ८ स्कोर गरिन् । रेडियन्टले उपाधिका लागि स्वर्णिमसँग खेल्ने छ । स्वर्णिमले केभीसीलाई ३२–१५ ले हराउँदा स्वर्णिमकी नसाना श्रेष्ठले ८ स्कोर जोडिन् ।
जुनियर ब्वाइजमा ग्रिनफिल्ड र इडेन ब्रिज एकेडेमी (ईबीए) ले फाइनल तय गरे । ग्रिनफिल्डले केभीसीलाई २६–७ तथा ईबीएले विस्डमलाई २९–१६ ले पराजित गर्यो । ग्रिनफिल्डका किस्मत ढकालले १० र ईबीएका प्रसिक श्रेष्ठले १४ स्कोर गरे । फाइनल बुधबार हुनेछ ।
