सेभियामाथिको जितले इस्पनयोलको अर्को सिजन युरोपमा खेल्ने सम्भावना बढेको छ ।
काठमाडौँ — इस्पनयोलले स्पेनी ला लिगामा सोमबार सेभियालाई २–१ ले पराजित गर्दै अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ । यो जितले इस्पनयोलको अर्को सिजन युरोपमा खेल्ने सम्भावना बढेको छ ।
आरसीडीई स्टेडियममा प्राप्त जितपछि इस्पनयोलको १३ खेलबाट २१ अंक भएको छ । यो शीर्ष चारबाट सात अंकको दूरी हो । एटलेटिको म्याड्रिड २८ अंकमा चौथो स्थानमा रहेको छ । सेभिया भने १६ अंकमै सीमित रहेर ११ औं स्थानमा रह्यो । घरेलु टिमका लागि पेरे मिला र रोबर्टो फर्नान्डेजले दोस्रो हाफमा गोल गरेका हुन् ।
खेल सकिन चार मिनेट अगाडि इस्पनयोलकै लियान्ड्रो काब्रेराले आत्मघाती गोल गरे । यससँगै खेलको अन्तिम केही क्षण रोमाञ्चक बनेको थियो ।
