सिनियर गर्ल्समा एसियनले केईएसलाई ११–१०, सिर्जनशीलले स्पाङ्गललाई ७–५, काठमाडौं जेभियर्सले लिभरपुललाई २९–९ र इनोभेटिभले एभरेस्टलाई १७–४ स्कोरले हराए ।
काठमाडौँ — १४ औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगितामा मंगलबार लिग चरणमा सिनियर ब्वाइजतर्फ ९, जुनियर ब्वाइज र सिनियर गर्ल्सतर्फ ४–४ खेल भएको छ ।
सिनियर ब्वाइजमा सनसाइनले अल्बर्टलाई ५२–१४, एभरेस्ट फ्लोरिडाले लिभरपुललाई ३९–१२, सनसाइनलाई ४२–२४, काठमाडौं जेभियर्सले इनोभेटिभलाई ५०–३९, लिभरपुलले सुप्रिमलाई १३–४, सेवासदनले एसियन पब्लिकलाई २१–१७, मार्वलसले सेवासदनलाई ४४–१७, चैतन्यले काठमाडौं इङलिस स्कुल (केईएस) लाई २७–१६ र इनोभेटिभले अक्षर एकेडेमीलाई ४३–२६ ले पराजित गरे ।
प्याब्सन मध्यक्षेत्रीय समितिको आयोजनामा जारी प्रतियोगिताको जुनियर ब्वाइजमा अक्षराले मार्वलसलाई १०–८, स्पाङ्गलले हेम्सलाई १६–६, अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) ले लिटिल फ्लावरलाई २०–११ र केईएसले इनोभेटिभलाई १६–५ स्कोरले हराए ।
सिनियर गर्ल्समा एसियनले केईएसलाई ११–१०, सिर्जनशीलले स्पाङ्गललाई ७–५, काठमाडौं जेभियर्सले लिभरपुललाई २९–९ र इनोभेटिभले एभरेस्टलाई १७–४ स्कोरले हराए ।
