रोमा उक्लियो शीर्षमा

स्टाडियो ओलम्पिकोमा भएको खेलमा रोमाका लागि म्याटओ गुन्डोजी र जितनानी नोसलिनले गोल गरे ।

मंसिर ८, २०८२

कान्तिपुर संवाददाता

Roma rose to the top

काठमाडौँ — एएस रोमाले इटालीको सिरी ए मा आइतबार दुई अंकको एक्लो अग्रता लिएको छ । उसले क्रेमोन्सेलाई २–० ले हराएर यो उपलब्धि चुमेको हो ।

स्टाडियो ओलम्पिकोमा भएको खेलमा रोमाका लागि म्याटओ गुन्डोजी र जितनानी नोसलिनले गोल गरे । यो जितपछि रोमाको २७ अंक भएको छ ।

एसी मिलान २५ अंकमा दोस्रो स्थानमा छ । उसले आइतबार नै भएको मिलान डर्बीमा इन्टरलाई १–० ले हरायो । त्यसमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे ।

लिग तालिकामा नेपोली २५ र इन्टर २४ अंकमा शीर्ष चार भित्र रहेका छन् । इन्टरले आफ्नो छिमेकीलाई हराएको भए उसको सामु पनि शीर्षमा उक्लिने अवसर थियो ।

कान्तिपुर

Link copied successfully