दृष्टिविहीन महिला टी–२० विश्वकप उपविजेता टोलीलाई प्रधानमन्त्रीको भेट

प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र अफिसियललाई बोलाएर प्रधानमन्त्री सुशीला कार्कीले पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा इतिहास रचेकोमा टोलीलाई बधाई ज्ञापन गरेकी थिइन् ।

मंसिर ८, २०८२

कान्तिपुर संवाददाता

Prime Minister meets the visually impaired women's T20 World Cup runner-up team

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले सोमबार दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता भएर फर्केको नेपाली टोलीलाई बधाई ज्ञापन गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र अफिसियललाई बोलाएर प्रधानमन्त्री कार्कीले पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा इतिहास रचेकोमा टोलीलाई बधाई ज्ञापन गरेकी थिइन् ।

नेपाली खेलकुदकै लागि ऐतिहासिक उपलब्धि र गौरवको विषय भन्दै प्रधानमन्त्रीले नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीको थप प्रगतिको कामना गरिन् ।

‘यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पका कारण प्राप्त उपलब्धि हो,’ प्रधानमन्त्रीले भनिन्, ‘तपाईंहरू हरेक खेलाडी र अफिसियल यस उपलब्धिको हकदार हुनुहुन्छ । र, अर्कोपल्ट च्याम्पियन बन्ने गरी अगाडि बढ्नु होस् ।’

Prime Minister meets the visually impaired women's T20 World Cup runner-up team

प्रधानमन्त्री कार्कीको आश्वासन थियो, ‘एकदमै राम्रो कुरा हो। आफ्नै पहलमा यहाँहरूले जुन स्तरको प्रतिभा देखाउनुभयो, त्यो एकदमै सराहनीय छ । त्यसमा सरकारले पनि केही लगानी गर्न सकेको अवस्थामा अझै प्रगति हुने रहेछ । सरकारका तर्फबाट के गर्न सकिन्छ, त्यस विषयमा म सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्नेछु ।’

Prime Minister meets the visually impaired women's T20 World Cup runner-up team

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेल नेतृत्वको नेपाली टोली श्रीलंकामा सम्पन्न प्रतियोगितामा दोस्रो भएको थियो ।

प्रशिक्षकले साधन स्रोतले सम्पन्न मुलुकका टोलीलाई हराएर दोस्रो हुन सकेको र सरकारको साथ पाएमा च्याम्पियन बन्न सक्ने धारणा व्यक्त गरेका थिए । टोली सोमबारै स्वदेश फर्किएको थियो । 

कान्तिपुर

Link copied successfully