नेपालको लगातार दोस्रो हार

याङ्गुनको थुवुना स्टेडियममा भएको खेलमा म्यानमारले नेपाललाई ४–० ले हराएको हो ।

मंसिर ८, २०८२

कान्तिपुर संवाददाता

Nepal's second consecutive defeat

काठमाडौँ — नेपाल यू–१७ एसियन कप छनोटको समूह ‘जी’ मा सोमबार लगातार दोस्रो खेलमा पराजित भएको छ । याङ्गुनको थुवुना स्टेडियममा भएको खेलमा म्यानमारले नेपाललाई ४–० ले हराएको हो ।

म्यानमारका लागि ये नाइङ, आङ थी, म्यो खान्ट र विन मिनले गोल गरे । घरेलु टिम पहिलो हाफमा एक गोलले अगाडि थियो । यो नजितापछि कुल ५ टिमसम्मिलित छनोटमा म्यानमार ६ अंकसहित शीर्षमा रह्यो ।

त्यसपछि ओमान र सिरिया समान ३ अंकमा छन् । अफगानिस्तान र नेपाल भने अंकविहीन छ । सोमबार अर्को खेलमा ओमानले अफगानिस्तानलाई ३–१ ले पराजित गरेको थियो । नेपाल यसअघि आफ्नो पहिलो खेलमा सिरियासँग ४–२ ले पराजित भएको थियो । अब नेपालले बुधबार हुने खेलमा ओमानको सामना गर्नेछ ।

कान्तिपुर

Link copied successfully