इमिरेट्समा भएको खेलमा आर्सनलले टोटनहमलाई सजिलै ४–१ ले हरायो ।
काठमाडौँ — आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्षमा आइतबार छ अंकको ठोस अग्रता लिएको छ । इमिरेट्समा भएको खेलमा आर्सनलले टोटनहमलाई सजिलै ४–१ ले हरायो ।
यससँगै आर्सनल लिग उपाधिका लागि बलियो प्रत्यासी पनि बनेको छ । इबेरची इजीले आर्सनलका लागि सानदार ह्याट्रिक गरे । यस्तै लियान्ड्रो ट्रोसार्डले एक गोल गरे ।
टोटनहमका लागि रिचार्लिसनले एक गोल फर्काए । यो जितपछि आर्सनलको २९ अंक भएको छ । चेल्सी २३ अंकमा दोस्रो स्थानमा छ ।
टोटनहम भने १८ अंकमा नवौं स्थानमा छ । आइतबारकै अर्को खेलमा एस्टन भिल्लाले लिड्स युनाइटेडलाई २–१ ले पराजित गर्यो र २१ अंकमा चौथो स्थानमा उक्लिन सफल रह्यो ।
