सिटीलाई न्युकासलको धक्का

यो हारपछि सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको दूरी छोट्याउने अवसर गुमाएको छ र २२ अंमा तेस्रो स्थानमा रह्यो । चेल्सी २३ अंकमा दोस्रोमा छ भने आर्सनलको २६ अंक छ ।

मंसिर ७, २०८२

कान्तिपुर संवाददाता

Newcastle shocks City

काठमाडौँ — हार्भी बारनेसले गरेको दुई गोलको मदतले न्युकासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शनिबार राति म्यानचेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ । सिटीका तर्फबाट रुबेन डियासले एक गोल फर्काए ।

यो हारपछि सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको दूरी छोट्याउने अवसर गुमाएको छ र २२ अंमा तेस्रो स्थानमा रह्यो । चेल्सी २३ अंकमा दोस्रोमा छ भने आर्सनलको २६ अंक छ ।

यसअघि चेल्सीले बर्नलीलाई २–० ले हराएको थियो । डिफेन्डिङ च्याम्पियन लिभरपुल भने नटिङघम फरेस्टको हातबाट ३–० ले पराजित रह्यो ।

यस्तै क्रिस्टल प्यालेसले उल्भ्सलाई २–०, फुलहमले सन्डरल्यान्डलाई १–० र ब्राइटनले ब्रेन्टफोर्डलाई २–१ ले हरायो । बर्नमाउथ र वेस्ट ह्यामले भने २–२ को बराबरी खेले । 

कान्तिपुर

Link copied successfully