नेपोलीलाई एक अंकको अग्रता

यो जितपछि डिफेन्डिङ च्याम्पियन नेपोलीको २५ अंक भएको छ ।

मंसिर ७, २०८२

कान्तिपुर संवाददाता

Napoli lead by one point

काठमाडौँ — नेपोलीले इटालीको सिरी ए को शीर्ष स्थानमा शनिबार एक अंकको अग्रता लिएको छ ।

उसले यसका लागि एटलान्टालाई आफ्नो घरमा ३–१ ले हरायो । त्यसमा डेविड नेरेसले दुई गोल गरे ।

यो जितपछि डिफेन्डिङ च्याम्पियन नेपोलीको २५ अंक भएको छ । इन्टर मिलान, बोलोग्ना र एएस रोमा तीनै टिम समान २४ अंकमा शीर्ष चार भित्र रहेका छन् ।

अन्य खेलमा बोलोग्नाले युडिनेजीलाई ३–० ले हरायो भने फ्लोरिन्टनाले युभेन्ट्सलाई १–१ को बराबरीमा रोक्यो । युभेन्ट्स २० अंकमा छैटौं स्थानमा छ । 

कान्तिपुर

Link copied successfully