श्रीलंकामा भएको ११ औं खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आविष्कार श्रेष्ठले स्वर्ण र कांस्य, रियाना खनालले स्वर्ण, आयुश रेग्मीले स्वर्ण र सुशान्त खड्काले स्वर्ण पदक जितेको नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसीले जनाएका छन् ।
काठमाडौँ — श्रीलंकामा भएको ११ औं खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल वादोरियो कराते डो संघका खेलाडीले ४ स्वर्ण, १ रजत र ३ कास्य पदक जितेका छन् ।
आविष्कार श्रेष्ठले स्वर्ण र कांस्य, रियाना खनालले स्वर्ण, आयुश रेग्मीले स्वर्ण र सुशान्त खड्काले स्वर्ण पदक जितेको नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसीले जनाएका छन् ।
हर्सित इटानीले रजत, जीवन भट्टराई र कुवेर चौधरीले कांस्य पदक जितेका छन् । प्रशिक्षकमा मुहम्मद अलि रहेका थिए । संघका अनुसार श्रीलंकाको कोलम्बोमा भएको प्रतियोगितामा नेपालसहित भारत, युक्रेन, श्रीलंका र सिंगापुरका खेलाडी सहभागी थिए ।
