भ्यालेन्सियाको साँघुरो जित

भ्यालेन्सियाको १३ खेलबाट १३ अंक भएको छ र १५ औं स्थानमा छ ।

मंसिर ६, २०८२

कान्तिपुर संवाददाता

Valencia's narrow win

काठमाडौँ — भ्यालेन्सियाले स्पेनी ला लिगामा शुक्रबार राति लेभान्टेलाई १–० ले पराजित गरेको छ । यसमा ह्युगो डुरोले ७९ औं मिनेटमा निर्णायक गोल गरे ।

मेस्टाला रंगशालामा भएको खेलमा भ्यालेन्सियाले थप आक्रमण बुने पनि गोल भने हुन सकेन । यो जित उसका लागि ठूलो राहत लिएर आएको छ ।

भ्यालेन्सियाको १३ खेलबाट १३ अंक भएको छ र १५ औं स्थानमा छ । लेभान्टे भने नौ अंकमा १९ औं स्थानमा रह्यो । 

कान्तिपुर

Link copied successfully