घरेलु कोर्टमा रेडियन्टले मर्स्याङदीलाई १३–८ स्कोरले पराजित गर्यो । रेडियन्टकी सेजल रोक्काले ६ स्कोर जोडिन् ।
काठमाडौँ — आयोजक रेडियन्ट पब्लिक ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ क्वाटरफाइनल पुगेको छ ।
घरेलु कोर्टमा रेडियन्टले मर्स्याङदीलाई १३–८ स्कोरले पराजित गर्यो । रेडियन्टकी सेजल रोक्काले ६ स्कोर जोडिन् ।
जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी ईबीए) ले सेबलाई २०–१५, विस्डमले एआईलाई २५–२ र ग्रिनफिल्ड नेसनल स्कुलले आयोजक रेडियन्टलाई १६–१३ ले हराएर क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । ईबीएका उज्ज्वल राउतले ६, विस्डमका अंकित कार्कीले ८ र ग्रिनफिल्डका अजय मगरले ६ स्कोर गरे ।
सिनियर ब्वाइजमा आयोजक रेडियन्ट ‘ए’ ले माउन्ट ग्लोरीलाई ४९–१० र सभ्यता आनन्दकुटीलाई १२–८ स्कोरले हरायो । रेडियन्टका नन्दन बस्नेतले १२ र सभ्यताका प्रज्ज्वल घलानले ४ स्कोर जोडे ।
सिनियर ब्वाइजमै लिग चरणको अर्को खेलमा आयोजक रेडियन्ट ‘बी’ ले एलआरआईलाई १६–११ ले पराजित गर्दा रिदिज मोक्तानले ११ स्कोर गरे ।
