एनपीएल : आज दुई खेल हुँदै

पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्दैछन् भने दोस्रो खेल विराटनगर किङ्स र काठमान्डु गोर्खाजबीच दिउँसो साढे ३ बजे हुनेछ।

मंसिर ६, २०८२

कान्तिपुर संवाददाता

NPL: Two matches taking place today

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेल कर्णाली याक्स र लुम्बिनी लायन्सबीच हुँदैछ भने दोस्रो खेल विराटनगर किङ्स र काठमान्डु गोर्खाजबीच हुँदैछ । 

नेपाल क्रिकेट संघ (क्यान) क्यानका अनुसार कर्णाली याक्स र लुम्बिनी बीचको खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११:१५ बाट सुरु हुँदैछ । यस्तै दोस्रो खेल विराटनगर र काठमान्डुबीच साढे तीन बजेदेखि सुरु हुनेछ । 

कर्णालीले पहिलो खेल चितवन राइनोजसँग चार विकेटले गुमाएको थियो भने लुम्बिनीले पहिलो खेलमा चितवनलाई नै ६ विकेटले जितेको थियो । 

यता विराटनगर आफ्नो दोस्रो खेल खेल्दैछ भने काठमान्डु गोर्खाजको तेस्रो खेल हो । विराटनगरले आफ्नो पहिलो खेल पोखरा एभेन्जर्सलाई ५३ रनको फराकिलो अन्तरले हराएको थियो ।

काठमान्डु भने पहिलो खेलमा जनकपुर बोल्ट्समाथि ५ विकेटको जित निकाल्दै विजयी सुरुआत गरे पनि दोस्रो खेलमा सूदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो ।

कान्तिपुर

Link copied successfully