उनले ४१ बलमा १० छक्का र ६ चौकाको सहयोगमा शतक पूरा गरे ।
काठमाडौँ — नेपाल प्रिमियर लिग सिजन २ मा कर्णाली याक्सका ओपनर मार्क वाटले पहिलो शतक प्रहार गरेका छन् ।
लुम्बिनी लायन्सविरुद्ध १५७ रनको लक्ष्य पछ्याउने क्रममा वाटले कर्णालीका लागि शतक प्रहार गरे ।
उनले ४१ बलमा १० छक्का र ६ चौकाको सहयोगमा शतक पूरा गरे । जारी सिजनमा हालसम्म एकै खेलमा धेरै रन पनि कर्णाली याक्सकै खेलाडी प्रियांक पाञ्चालको नाममा थियो । उनले पहिलो खेलमा चितवन राइनोजविरुद्ध ९० रन प्रहार गरेका थिए ।
पहिलो खेलमा खासै नचलेका वाटले दोस्रो खेलमा उत्कृष्ट कमब्याक गर्दै आक्रामक ब्याटिङ गरेका छन् ।
