यो जितपछि मार्सेको १३ खेलबाट २८ अंक भएको छ ।
काठमाडौँ — मार्सेले फ्रान्सेली लिग वानमा शुक्रबार राति निसलाई ५–१ ले पराजित गर्दै अंक तालिकाको शीर्षमा उक्लेको छ । यो जितपछि उसको १३ खेलबाट २८ अंक भएको छ ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) एक खेल कम खेलेर २७ अंकमा दोस्रोमा छ । पीएसजीले आइतबार ले हार्भेको सामना गर्नेछ र त्यसमा जितेर मार्सेलाई फेरि उछिन्न सक्नेछ ।
एलिनाज रिभिएरामा भएको खेलमा मार्सेका लागि मेसन ग्रिनउडले दुई गोल गरे । यस्तै पिएरे एमरिक अबामेयोङ, टिमोथी वेह र इगो पाइसोले एक एक गोल गरे । निस भने १३ खेलबाट १७ अंकमा नवौं स्थानमा रहेको छ ।
