लुम्बिनीले दियो कर्णालीलाई १५७ रनको लक्ष्य

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको हो।

मंसिर ६, २०८२

कान्तिपुर संवाददाता

Lumbini sets Karnali a target of 157 runs

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै  १५६ रन बनाएको हो ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाए । ४३ बलको सामना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे ।

यस्तै जे–जे स्मिथले १४ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाउँदा डार्शी शर्टले १३ बलमा चार चौकासहित १९ रन बनाए । रुबेन ट्रम्पलम्यानले ३ छक्का र एक चौकासहित २९ रन बनाउँदा शेर मल्ल ७ रनमा नटआउट रहे । 

कर्णालीका लागि नन्दन यादवले २ विकेट लिँदा, सोमपाल कामी, गुल्शन झा, मार्क वाट, विपीन शर्मा र युवराज खत्रीले एक/एक विकेट लिए ।

कान्तिपुर संवाददाता

Link copied successfully