तार्केश्वर हिसानको आयोजना तथा सेक्रेड हार्ट माध्यमिक विद्यालयको संयोजनमा भएको प्रतियोगिताको ब्वाइजमा सिर्जना ज्ञानसागर र गर्ल्समा ल्यान्डमार्क च्याम्पियन बने ।
काठमाडौँ — सिर्जना ज्ञानसागर र ल्यान्डमार्क एकेडेमीले तेस्रो हिसान फुटसल प्रतियोगिताको उपाधि जितेका छन् ।
तार्केश्वर हिसानको आयोजना तथा सेक्रेड हार्ट माध्यमिक विद्यालयको संयोजनमा भएको प्रतियोगिताको ब्वाइजमा सिर्जना ज्ञानसागर र गर्ल्समा ल्यान्डमार्क च्याम्पियन बने ।
फाइनलमा शनिबार ज्ञानसागरले कौशललाई ३–१ गोलले पराजित गर्यो । विजेताका विनोद तामाङ, लोकश बोहरा र अंगद पाख्रिनले गोल गरे । कौशलका विराज गुरुङले एक गोल फर्काए ।
गर्ल्स फाइनलमा ल्यान्डमार्कले हिमरश्मिलाई २–० गोलले हरायो । दुवै गोल साजना खत्रीबाट सम्भव भयो । ब्वाइज/गर्ल्स दुवैमा प्रारम्भ वर्ल्ड स्कुल तेस्रो बन्यो ।
ब्वाइजमा कौशलका अनिल गुरुङ उत्कृष्ट खेलाडी, श्रृजनाका रविन तामाङ उत्कृष्ट गोलरक्षक र प्रारम्भका युकेश नेगी सर्वाधिक गोलकर्ता बने । गर्ल्समा प्रारम्भकी आकृति तामाङ उत्कृष्ट खेलाडी, हिमरश्मिकी कुसुम गुरुङ उत्कृष्ट गोलरक्षक र ल्यान्मार्ककी साजन खत्री सर्वाधिक गोलकर्ता बने ।
विजेतालाई शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंका प्रमुख समन्तमणि आचार्य, तार्केश्वर नगरपालिकाका शिक्षा प्रमुख सुदिनराज बुढाथोकी, प्याब्सनका सदस्य लोकेन्द्रबहादुर खड्का, तार्केश्वर हिसानका अध्यक्ष लिलबहादुर पुनलगायतले पुरस्कृत गरे ।
दुईदिने प्रतियोगिताको ब्वाइजमा ८ र गर्ल्समा ७ टिमले प्रतिस्पर्धा गरेका थिए ।
