महिला हाफ म्याराथनमा भने त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले पहिलो स्थान हासिल गरिन्।
नेपालगन्ज — त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्काले ११औं नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । उनले लगातार दोस्रो र समग्रमा तेस्रो पटक यो उपाधि जितेका हुन्।
शनिबार भएको प्रतिस्पर्धामा महिला हाफ म्याराथनमा त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले पहिलो स्थान हासिल गरिन्। खड्काले नगद दुई लाख, पदक, प्रमाणपत्र र ट्रफी पाउनेछन् । न्यौपानले भने नगद ७५ हजार, पदक, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछिन् ।
पुरुष खुल्ला म्याराथन (४२.१९५ किमि) तर्फ दोस्रो हुनेलाई एक लाख, तेस्रोलाई ३० हजार, चौथोलाई २५ हजार, पाँचौंलाई १५ हजार, छैटौंलाई १० हजार नगदले पुरस्कृत गरिनेछ ।
