प्रतियोगितामा ३ विधा विभिन्न २० विद्यालयका ४२ टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष धनप्रसाद सुब्बाले शुक्रबार पत्रकार सम्मेलनमा बताए ।
काठमाडौँ — प्याब्सन मध्य क्षेत्रीय समितिको आयोजनामा १४ औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ३ विधा विभिन्न २० विद्यालयका ४२ टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष धनप्रसाद सुब्बाले शुक्रबार पत्रकार सम्मेलनमा बताए । सिनियर ब्वाइजमा १८ र सिनियर गर्ल्स र जुनियर ब्वाइजमा १२–१२ टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताका खेल इनोभेटिभ र काठमाडौं जेभियर्स पब्लिक स्कुलको कोर्टमा खेलाइने छ । नकआउट चरणदेखिका सम्पूर्ण खेल भने इनोभेटिभमा हुनेछ । ।
प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक एवं आयोजक समितिका उपाध्यक्ष तेजप्रकाश श्रेष्ठले जानकारी दिए ।
गत संस्करणको सिनियर ब्वाइजमा हेम्स तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा काठमाडौं जेभियर्स च्याम्पियन बनेका थिए । शीर्ष तीन स्थानमा रहने टिम, अनुशासित टिम, ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई ट्रफी, पदक तथा प्रमाण पत्र प्रदान गरिने छ । फाइनल मंसिर १३ गते हुनेछ ।
