आयोजक रेडियन्ट पब्लिकको कोर्टमा जेसिसले एलआरआईलाई १७–१४ स्कोरले पराजित गर्यो । जेसिसकी सकिना महर्जनले १० स्कोर जोडिन् ।
काठमाडौँ — जेसिस स्कुल ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ क्वाटरफाइनल पुगेको छ ।
आयोजक रेडियन्ट पब्लिकको कोर्टमा जेसिसले एलआरआईलाई १७–१४ स्कोरले पराजित गर्यो । जेसिसकी सकिना महर्जनले १० स्कोर जोडिन् ।
जुनियर ब्वाइजमा पिपुल्सले रेडियन्टलाई १३–८ ले हराएर क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो । पिपुल्सका लभिज मगरले ४ स्कोर गरे ।
सिनियर ब्वाइजमा ओएसिसले रेडियन्ट रिडर्सलाई ३७–२८, पिपुल्सले एनआईसी एकेडेमीलाई ३६–१९, कश्यपले एलआरआईलाई २५–१५, पुष्पसदनले आयोजक रेडियन्ट पब्लिकलाई ४६–४३ र बेबी एन्जलले सभ्यतालाई २०–५ ले हराएर प्रिक्वाटरफाइनलमा स्थान बनाए । ओएसिसका सिद्धान्तले १६, पिपुल्सका वचनले १८, कश्यपका इशान तिमल्सिनाले १२, पुष्पसदनका रवन महर्जनले १३ र बेबी एन्जलका आर्यन नगरकोटीले १० स्कोर गरेका थिए ।
