NPL: Sudurpaschim's second consecutive win [Photos]

Royals defeated Pokhara Avengers by 18 runs on Friday.

Mangshir 5, 2082

Hemant Shrestha

NPL: Sudurpaschim's second consecutive win [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Sudurpaschim Royals registered their second consecutive victory in Nepal Premier League (NPL) cricket thanks to a century partnership between opening duo Josh Brown and Binod Bhandari. The Royals defeated Pokhara Avengers by 18 runs on Friday.

NPL: Sudurpaschim's second consecutive win [Photos]

पोखराका कप्तान कुशल भुर्तेलले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङको निम्तो दिएपछि आएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ९३ रन बनाएको थियो । भुर्तेलले अर्धशतक बनाए पनि जबाफमा आएको पोखराले ८ विकेट गुमाई १ सय ७५ रन मात्र बनाउन सक्यो । रोयल्सको यो लगातार दोस्रो जित हो । रोयल्सले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गरेको थियो । पोखरा पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो । गत वर्षको लिग यी दुईबीचको खेलमा सुदूरपश्चिम ५ रनले विजयी भएको थियो । भुर्तेलले ३२ बल खेली समान ४ चौका र छक्कासहित ५३ रन बनाए । स्कट कुग्लेनको बलमा क्रस गरेर खेल्न खोज्दा उनले लेग स्टम्प गुमाएका थिए । पोखराले पावर प्लेको ६ ओभरमा २५ रन मात्र जोड्न सकी ३ विकेट गुमाए पनि भुर्तेल र जिम्मी निसमले चौथो विकेटका लागि ४३ बलमा ७५ रन जोडेका थिए ।

NPL: Sudurpaschim's second consecutive win [Photos]

गत सिजन जनकपुर बोल्ट्सलाई उपाधि दिलाएका निसमले २५ बल खेली २ चौका र ५ छक्कासहित ४७ रन बनाए । उनलाई रोयल्सका कप्तान दीपेन्द्रले लो बलमा बोल्ड गरे । सुमित बर्मा ६, अभिषेक तिवारी १३ बलमा ३ रन बनाई आउट भए । पोखराको सुरुआत राम्रो थिएन । पहिलो ओभरमै एडम रोसिङटन रनआउट भए । उनका ओपनिङ जोडि दीनेश खरेलले पनि ६ रन मात्र बनाउन सके । किरण ठगुन्ना पनि ९ रनमै आउट भए । तल्लो क्रममा ड्यान डाउथवेटले १६ बल खेली १ चौका र ५ छक्काका साथ ३७ रन बनाए । विपिन खत्री ७ रनमा अविजित रहे । रोयल्सका हरमित सिंहले ४ ओभरमा २२ रन खर्चेर २ तथा कुग्लेन, दीपेन्द्र, हेमन्त धामी, अविनाश बोहरा र नरेन साउदले १–१ विकेट लिए ।

NPL: Sudurpaschim's second consecutive win [Photos]

यसअघि ब्राउन र विनोदले पहिलो १० ओभरमै विना क्षति ९९ रन जोडेर सुदूरपश्चिमलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । ११ औँ ओभरमा निसमले ब्राउनलाई आउट गरी यो साझेदारी तोडेका थिए, जति खेर सुदूरपश्चिमको स्कोर १ सय ८ रन थियो । ब्राउनले ३५ बल खेली ६ चौका र ५ छक्कासहित ६८ रन बनाए । विनोदले ४२ बल खेली ६ चौकासहित ४३ रन बनाए । ब्राउन र विनोदको बीचमा क्रिस लिन १३ बलमा ३१ र कप्तान दीपेन्द्रसिंह ऐरी १० बलमा १३ रन बनाई आउट भएका थिए । लिनले ४ चौका र २ छक्का तथा दीपेन्द्रले समान १ चौका र १ छक्का प्रहार गरे । काठमान्डु गोर्खाजविरुद्ध आक्रामक ब्याटिङ गरेका हरमित सिंह ६ बलमा ४ रन, स्कट कुग्लेन ८ र आरिफ शून्यमा आउट भए । पोखरा निसमले ४ ओभरमा ४७ रन खर्चेर ३ तथा डाउथवेटले ४ ओभरमा २४, आकाश चन्दले ४ ओभरमा ४३ रन खर्चेर २–२ विकेट लिए । 

Hemant

Link copied successfully