बास्केटबलमा स्वर्णिम र पुष्पसदन विजयी

आयोजक रेडियन्ट पब्लिकको स्कुलमा भइरहेको प्रतियोगितामा स्वर्णिमले जेसिसलाई २०–९ र पुष्पसदनले माउन्ट ग्लोरीलाई ३९–१४ स्कोरले पराजित गरे ।

मंसिर ४, २०८२

कान्तिपुर संवाददाता

Swarnim and Pushpasadan win in basketball

काठमाडौँ — स्वर्णिम र पुष्पसदनले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा बिहीबार विजयी भएका छन् ।

आयोजक रेडियन्ट पब्लिकको स्कुलमा भइरहेको प्रतियोगितामा स्वर्णिमले जेसिसलाई २०–९ र पुष्पसदनले माउन्ट ग्लोरीलाई ३९–१४ स्कोरले पराजित गरे ।

स्वर्णिमकी हिसील्हामु लामाले ४ तथा पुपसदनकी मात्रिकाले ८ स्कोर गरे । सोही स्पर्धामा ज्ञानोदयविरुद्ध नवीन ज्योति २३–६ ले विजयी भयो । ज्योतिकी असिना क्षेत्रीले ८ स्कोर जोडिन् ।

सिनियर ब्वाइजमा बेबी एन्जलले आनन्दकुटीलाई २७–४, स्किब्सले एनआईसी एकेडेमीलाई २६–२५, रेडियन्ट रिडर्सले ज्ञानोदयलाई २२–१७ र स्वर्णिमले विस्डमलाई २७–११ ले हराए । बेबी एन्जलका अमन गैरेले ५, स्किब्स राज खप्तरीले १२, रेडियन्ट रिडर्सका अरुष शाहले १० र स्वर्णिमका प्रतिक महर्जनले १७ स्कोर बटुले ।

जुनियर ब्वाइजमा पिपुल्स एकेडेमीले ग्रिनफिल्डमाथि २३–४ को सहज जित दर्ता गर्‍यो । पिपुल्सका अजय मगरले ७ स्कोर गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully