लुम्बिनीले टस जितेपछि चितवन ब्याटिङमा

गत वर्ष लुम्बिनी पुछारमा रहेको थियो र टोलीले लिग चरणमा ७ मध्येको ६ खेल हारेको थियो । तर चितवनसँगको खेलमा लुम्बिनी ३३ रनले विजयी भएको थियो ।

मंसिर ४, २०८२

कान्तिपुर संवाददाता

Lumbini wins the toss and Chitwan opts to bat

काठमाडौँ — लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबार पहिला फिल्डिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेपछि त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा चितवन राइनोजलाई ब्याटिङका लागि बोलाएका हुन् । 

चितवनले अघिल्लो खेल खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गरेको छ । विपिन आचार्यको स्थानमा टोलीले अमरसिंह राउटेलालाई खेलाइरहेको छ ।

चितवनबाट कप्तान कुशल मल्लसहित दीपक बोहरा, डेबिड मलान, देव खनाल, रवि बोपारा, सैफ जैब, अर्जुन साउद, कमलसिंह ऐरी, रिजन ढकाल, सोहेल तान्बिर र अमरसिंह राउटेला खेलिरहेका छन् ।

त्यस्तै लुम्बिनीबाट कप्तान रोहितसहित डी’आरसी शर्ट, दिलिप नाथ, सन्दीप जोरा, गुल्बदिन नैब, समिर अली, शेर मल्ल, अभिषेक गौतम, दीनेश अधिकार, रुबेन ट्रम्पलमन, जजे स्मिट प्लेयिङ ११ बाट खेलिरहेका छन् । लुम्बिनीको प्रशिक्षकमा भारतका पूर्व तीव्र बलर टिनु योहानान छन् । 

लुम्बिनीको यो पहिलो खेल हो । चितवनले भने पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो । चितवनले १ सय ६७ रनको लक्ष्य ५ बल अगाडि १ सय ७१ रन बनाउँदै पूरा गरेको थियो । 

गत वर्ष लुम्बिनी पुछारमा रहेको थियो र टोलीले लिग चरणमा ७ मध्येको ६ खेल हारेको थियो । तर चितवनसँगको खेलमा लुम्बिनी ३३ रनले विजयी भएको थियो । लुम्बिनीले जितेको सो एकमात्र खेलमा कप्तान रोहित पौडेलले ५७ बलमा ८० रन बनाउनुका साथै ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully