भारतको झारखण्डमा कात्तिक ६ देखि ८ गतेसम्म भएको प्रतियोगितामा नेपालले २ रजत र ४ कांस्य पदक जितेको थियो ।
काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपका पदक विजेतालाई भेट गरी बधाई दिएका छन् ।
भारतको झारखण्डमा कात्तिक ६ देखि ८ गतेसम्म भएको प्रतियोगितामा नेपालले २ रजत र ४ कांस्य पदक जितेको थियो ।
राजन रोकायले १० हजार मिटर दौड र सोमबहादुर कुमालले ८ सय मिटर दौडमा रजत पदक जितेका थिए । सन्तोषी श्रेष्ठले ५ हजार र १० हजार मिटर दौडमा कांस्य पदक जितिन् । दुवै स्पर्धामा सन्तोषीले राष्ट्रिय कीर्तिमान पनि स्थापित गरेकी थिइन् ।
मुकेशबहादुर पालले ५ हजार मिटर दौडमा कांस्य तथा मिक्स रिलेमा सोमबहादुर कुमाल, रामप्रसाद थारु, जयरानी थारु र रमिता थारुसम्मिलित टोलीले कांस्य पदक जितेको थियो ।
