आयोजक रेडियन्ट र एलआरआई विजयी

घरेलु कोर्टमा बुधबार रेडियन्टले निःसर्ग बाटिकालाई १७–१३ स्कोरले पराजित गर्‍यो ।

मंसिर ३, २०८२

कान्तिपुर संवाददाता

Hosts Radiant and LRI win

काठमाडौँ — आयोजक रेडियन्ट पब्लिकले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा जित पाएको छ ।

घरेलु कोर्टमा बुधबार रेडियन्टले निःसर्ग बाटिकालाई १७–१३ स्कोरले पराजित गर्‍यो । रेडियन्टकी सेजल रोक्काले ५ स्कोर गरिन् । हिसील्हामु लामाको ८ स्कोरमा स्वर्णिमले एलआरआईलाई २४–८ ले हरायो ।

सिनियर ब्वाइजमा एलआरआईले राइजिङलाई २५–२३, कश्यपले आयोजक रेडियन्ट ‘बी’ लाई ३६–२८, निःसर्गले नवीन ज्योतिलाई २८–२४ र स्वर्णिमले एलेन मेमोरियललाई २३–१२ ले पाखा लगायो । एलआरआईका सुजल मडईंले १७, कश्यपका इसान तिमिल्सिनाले २१, निःसर्गका सामान्य श्रेष्ठले १२ र स्वर्णिमका निश्चलले ७ स्कोर गरे ।

जुनियर ब्वाइजमा विस्डमले केभीसीलाई २३–११, नवीन ज्योतिले कश्यपलाई १३–४ र इडेन ब्रिज एकेडेमी (ईबीए) ले निःसर्गलाई ३२–६ ले पन्छाए । विस्डमका साहिलले ११, नवीन ज्योतिका युनिहेस तामाङले ४ र ईबीएका प्रसिक श्रेष्ठले १० स्कोर जोडेका थिए ।

कान्तिपुर

Link copied successfully