स्पेनसँगै थप पाँच टिम छनोट

स्पेनले टर्कीलाई २–२ को बराबरीमा रोकेपछि त्यो समूह ‘सी’ जित्न पर्याप्त रह्यो ।

मंसिर ३, २०८२

कान्तिपुर संवाददाता

Five more teams selected along with Spain

काठमाडौँ — स्पेनसँगै बेल्जियम, स्विटजरल्यान्ड, स्कटल्यान्ड र अस्ट्रिया विश्वकप २०२६ का लागि छनोट भएका छन् । स्पेनले टर्कीलाई २–२ को बराबरीमा रोकेपछि त्यो समूह ‘सी’ जित्न पर्याप्त रह्यो ।

डेनमाार्कमाथि समूह ‘सी’ मा भएको खेलमा नाटकीय ४–२ को जित निकालेपछि स्टकल्यान्ड सन् १९९८ यता पहिलो पटक विश्वकप पुगेको हो । स्कटल्यान्डका लागि किरेन थिरनी र केनी म्याक लिनले इन्ज्युरी समयमा गोल गरे ।

बेल्जियमले भने लेचेस्टाइनलाई सजिलै ७–० ले पराजित गर्‍यो र यससँगै समूह ‘जे’ मा शीर्ष स्थान हात पार्‍यो । समूह ‘बी’ मा स्विट्जरल्यान्डले कोसोभोसँग १–१ को बराबरी खेल्यो र त्यसले उसलाई समूह विजेता बनायो ।

यस्तै अस्ट्रियाले समूह ‘एच’ जित्नका लागि बोस्निया एन्ड हर्जगोभिनालाई १–१ को बराबरी खेल्यो । अब युरोपमा प्ले अफका खेल हुनेछन् ।

कान्तिपुर संवाददाता

Link copied successfully