टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार बिदाइ गरे ।
काठमाडौँ — एसियाली युथ चेस च्याम्पियनसिपमा भाग १२ खेलाडीसहित १४ सदस्यीय नेपाली बुद्धिचाल टोली बुधबार थाइल्यान्ड जाने भएको छ ।
नोभेम्बर २० देखि ३०सम्म हुने प्रतियोगिताा अग्रिम सैंजु, अग्रता आचार्य, उजिवनी कँडेल, सुभाङ्ग प्रधान, प्रतीक प्रधान, आशीर्वाद थापा, श्रेषा दुवाल, कसिव कार्की, पुरुषोत्तम सिलवाल, सुभानी पण्डित र साहस श्रेष्ठले भाग लिने छन् । आर्बिटरमा हरिकृष्ण श्रेष्ठ र टोली प्रमुखमा रुपेश जैसवाल छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार बिदाइ गरे । बैंककमा हुने प्रतियोगितामा ३३ राष्ट्रको सहभागिता रहने जनाइएको छ ।
