राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंक लाल घिसिङले एक कार्यक्रममार्फत टोलीलाई बिदाइ गरेका छन्।
काठमाडौँ — नेपालले मंसिर ४ देखि ७ गतेसम्म मलेसियामा हुने एसियन डजबल च्याम्पियनसिपमा पहिलोपटक सहभागिता जनाउन लागेको छ ।
मलेसियन एसोसिएसन अफ डजबलको आयोजनामा हुने उक्त प्रतियोगितामा भाग लिन १८ सदस्यीय नेपाली राष्ट्रिय डजबल टोली मंगलबार मलेसिया प्रस्थान गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंक लाल घिसिङले एक कार्यक्रममार्फत टोलीलाई बिदाइ गरेका छन् ।
टोलीलाई जर्सी पुलले मुख्य प्रायोजन गरेको छ भने इम्पाएर ट्राभल्स एन्ड टुर्स ट्राभल पार्टनर रहेको छ । त्यस्तै, जी स्पोर्ट्स होम किट पार्टनर र डिजिटल ल्याब ब्ल्याक आइ जर्नी प्रालि डिजिटल पार्टनर रहेका छन्।
खेलाडीहरू:
विराज दाहाल (कप्तान), प्रकाश सिंह ऐर, कृष्ण हरि बुढाथोकी, रबिन शाक्य, कृष्ण कुमार साह, अनिल कुमार तिखत्री, अनिल गुरुङ, विवेक उप्रेती, अच्युत नेपाल, रोशन अधिकारी, रामचन्द्र गौतम, विनोद कोईराला ।
