सुदूरपश्चिमको डोमेस्टिक एयरलाइन्स पार्टनरमा श्री

सुदूरपश्चिम रोयल्स र श्री एयरलाइन्सबीच सम्झौता भएको हो । सम्झौतापत्रमा सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र श्री एयरलाइन्सका कर्पोरेट निर्देशक अनिल मानन्धरले हस्ताक्षर गरे ।

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

Mr. in the Far West's Domestic Airlines Partner

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि श्री एयरलाइन्सलाई ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर बनाएको छ ।

सुदूरपश्चिम रोयल्स र श्री एयरलाइन्सबीच सम्झौता भएको हो । सम्झौतापत्रमा सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र श्री एयरलाइन्सका कर्पोरेट निर्देशक अनिल मानन्धरले हस्ताक्षर गरे । सीईओ खड्काले नेपालकै प्रतिष्ठित एयरलाइन्ससँग साझेदारी गर्न पाउँदा खुसी व्यक्त गर्दै सम्झौताले नेपालको खेलकुद र एयरलाइन्स क्षेत्र दुवैलाई एकताबद्ध बनाएको बताए ।

एयरलाइन्सका कर्पोरेट निर्देशक मानन्धरले यो साझेदारीलाई एयरलाइन्स क्षेत्रका लागि सुखद पक्ष भएको बताए । उनले भने, ‘श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्समार्फत एनपीएलमा जोडिन पाउँदा हामीलाई खुसी लागेको र यसलाई एक ऐतिहासिक साझेदारीका रूपमा लिएका बताए ।

श्री एयरलाइन्सले राजधानी काठमाडौंबाट भद्रपुर, भैरहवा, धनगढी, विराटनगर र नेपालगन्ज गरी पाँच प्रमुख गन्तव्यमा उडान गर्दै आएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully