रेडियन्ट कपमा ज्ञानोदयको दोहोरो जित

ब्वाइजमा ज्ञानोदयले ओएसिसलाई २५–२४ स्कोरले पराजित गर्‍यो ।

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

Gyanodaya's double win in Radiant Cup

काठमाडौँ — ज्ञानोदय बालबाटिकाले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो जित पाएको छ । ज्ञानोदय सिनियर ब्वाइज र गर्ल्स मा विजयी भयो ।

ब्वाइजमा ज्ञानोदयले ओएसिसलाई २५–२४ स्कोरले पराजित गर्‍यो । ज्ञानोदयका जिरावत थोङ्सुकले ७ स्कोर जोडे । गर्ल्समा ज्ञानोदयले न्यु जेनिथलाई १८–५ ले पराजित गर्दा प्रिन्सेस थापामगरले ६ स्कोर गरिन् ।

सिनियर ब्वाइजमा केभीसीले निःसर्ग बाटिकालाई ४२–३९, कश्यपले राइजिङ स्टारलाई २७–२३ र बालदीक्षा सदनले न्यु जेनिथलाई २३–११ स्कोरले हराए । केभीसीका आरोनलाल श्रेष्ठले १३ र बालदीक्षाका सजेल महर्जनले १० स्कोर गरे ।

गर्ल्समा निःसर्गले मर्स्याङ्दीलाई ८–५ र राराहिलले गोल्डेन फ्लावरलाई २६–८ ले हराए । निःसर्गकी आफ्रेन आर्याले ५ र राराहिलकी एलिसा ओलीले १२ स्कोर जोडे ।

जुनियर ब्वाइजतर्फ सेबले निःसर्गलाई २०–४ र कश्यपले गोल्डेन फ्लावरलाई १४–८ ले हराए । सेबका सन्जल बुढामगर र कश्यपका प्रियान रिमालले  ८–८ स्कोर जोडे ।

कान्तिपुर

Link copied successfully