पोर्चुगल र नर्वे विश्वकपमा छनोट

समूह ‘एफ’ को खेलमा पोर्चुगलले पुछारमा रहेको आर्मेनियालाई सजिलै पन्छाएको हो।

मंसिर १, २०८२

कान्तिपुर संवाददाता

Portugal and Norway qualify for World Cup

What you should know

काठमाडौँ — पोर्चुगल र नर्वे विश्वकप २०२६ का लागि आइतबार छनोट भएका छन् । पोर्चुगलले यसका लागि आर्मेनियालाई ९–१ ले पराजित गर्‍यो । यस्तै इर्लिङ हालान्डको दुई गोलको मदतले नर्वेले इटालीलाई ४–१ ले हरायो ।

समूह ‘एफ’ को खेलमा पोर्चुगलले पुछारमा रहेको आर्मेनियालाई सजिलै पन्छाएको हो र यसमा ब्रुनो फर्नान्डेज तथा जाओ नेभेसले ह्याट्रिक गरे । पोर्चुगलले प्रतिबन्धबाट गुज्रिरहेका क्रिस्टियानो रोनाल्डोविना खेलेको थियो ।

अब पोर्चुगलले लगातार सातौं पल्ट विश्वकप खेल्नेछ । समूह ‘ई’ मा प्राप्त जितपछि नर्वे भने सन् १९९८ यता पहिलो पटक विश्वकप पुगेको छ । हालान्डले यो छनोट यात्रामा एक्लैले १६ गोल गरे । 

कान्तिपुर संवाददाता

Link copied successfully