आयोजक पुष्पसदनसहित ग्रिनफिल्ड र स्वर्णिम च्याम्पियन

जुनियर ब्वाइज फाइनलमा ग्रिनफिल्डले राराहिललाई २८–२५ ले हरायो । ग्रिनफिल्डका सोहन नेवाले १० स्कोर जोडे ।

मंसिर १, २०८२

कान्तिपुर संवाददाता

Greenfield and Golden Champion with the host Pushpa Sadan

काठमाडौँ — आयोजक पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमले सोमबार चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

पुष्पसदन सिनियर ब्वाइज, ग्रिनफिल्ड जुनियर ब्वाइज र स्वर्णिम गर्ल्सको थ्री बाइ थ्रीमा च्याम्पियन बन्यो । कीर्तिपुरस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा पुष्पसदनले राराहिललाई ७३–४५ स्कोरले सहजै पराजित गर्‍यो । पुष्पसदनका सम्राट लामाले १९ स्कोर गरे ।

जुनियर ब्वाइज फाइनलमा ग्रिनफिल्डले राराहिललाई २८–२५ ले हरायो । ग्रिनफिल्डका सोहन नेवाले १० स्कोर जोडे ।

गर्ल्स फाइनल स्वर्णिमले पुष्पसदनलाई १०–३ ले हरायो । स्वर्णिमकी हिसील्हामु लामाले ५ स्कोर जोडिन् । सिनियर ब्वाइजमा पुष्पसदनका सुसान सोजु श्रेष्ठ, जुनियर ब्वाइजमा ग्रिनफिल्डका किस्मत ढकाल र सिनियर गर्ल्समा हिसील्हामु लामा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए ।

सिनियर ब्वाइजमा मेगसका सिमोन सिजाली, जुनियर ब्वाइजमा पुष्पसदनका विनम्र थापा मगर र सिनियर गर्ल्समा निःसर्ग वाटिकाकी इशाना श्रेष्ठ उदीयमान खेलाडी चुनिए । सिनियर ब्वाइजमा युनाइटेड युनिभर्सल, जुनियर ब्वाइजमा बाघभैरव र सिनियर गर्ल्समा कुलेश्वरले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, कीर्तिपुर नगरपालिका वडा ९ का अध्यक्ष दिनेश श्रेष्ठ, पुष्पसदनका संस्थापक अध्यक्ष महेश श्रेष्ठ, प्रिन्सिपल मनीषा श्रेष्ठ, पुष्पसदनका पूर्व विद्यार्थी राष्ट्रिय पुरुष बास्केटबल टोलीका निश्चल महर्जनलगायतले पुरस्कृत गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully