विजेता टिमले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
हेटौंडा — हेटौंडाको गौरीटार रंगशालामा जारी एन्फा प्रेसिडेन्ट लिग–२०२५ को उपाधिका लागि कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी भिड्दै छन् ।
सोमबार मकवानपुरगढीमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा बोल्दै दुवै टिमका प्रशिक्षण र कप्तानले उपाधि आफ्नो पक्षमा पार्ने दाबी गरेका छन् । यसअघि पनि चित्लाङसँग जितेको लालीगुँरास फेरि उपाधि जित्ने दाउमा छ ।
चित्लाङले फाइनलमा गर्ने रणनीतिबारे आफुहरुलाई थाहा हुने भन्दै आफुहरु पनि त्यही अनुसार तयारी भइरहेको लालीगुराँसका प्रशिक्षक किरण श्रेष्ठले बताए । लालीगुराँसका कप्तान यमबहादुर श्रेष्ठले आफ्ने टीम बलियो रहेकाले उपाधि जित्ने दाबी गरे ।
चित्लाङका प्रशिक्षक सुमन श्रेष्ठले आफुहरुसँग अनुभवी खेलाडी रहेकाले लालीगुँराससित बदला लिएर उपाधि जित्ने दाबी गरे । चित्लाङका कप्तान कुलदीप कार्कीले सबै टिमको मिहेनतले फाइनलमा प्रवेश गरेको र अन्तिम खेलमा अझ मिहेनत गर्ने बताए ।
लिग विजेता टिमले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
