एनपीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट

नेपाल क्रिकेट संघ(क्यान)ले नेपाल प्रिमियर लिग(एनपीएल) २०२५ को टेलिभिजन प्रसारण अधिकार कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडलाई प्रदान गर्ने निर्णय गरेको छ।

कार्तिक ३०, २०८२

कान्तिपुर संवाददाता

NPL live broadcast from Kantipur Max

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट हुने भएको छ।

नेपाल क्रिकेट संघ-क्यानले नेपाल प्रिमियर लिग–एनपीएल २०२५ को टेलिभिजन प्रसारण अधिकार कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडलाई प्रदान गर्ने निर्णय गरेको छ।

क्यानले प्रतियोगिताको एक दिनअघि मात्रै नेपालभित्र प्रत्यक्ष प्रसारणका लागि टेलिभिजन अधिकारको घोषणा गरेको हो। क्यानले यसअघि खुलाएको एक आह्वान रद्द गरेर केही दिनअघि दोस्रो सूचना प्रकाशन गर्दै नेपालभित्र प्रसारणका लागि बोली लगाउने आह्वान गरेको थियो। त्यसपछि क्यानले आइतबार प्रसारणको अधिकार टुंगो लगाएको हो।

कान्तिपुर टेलिभिजनले नोभेम्बर १५ मा दिएको बोली क्यानले मूल्यांकन तथा नियमावलीअनुसार स्वीकार गरेको जानकारी दिएको छ। यो निर्णयसँगै एनपीएल २०२५ को टेलिभिजन प्रसारण कान्तिपुर म्याक्समार्फत् हेर्न मिल्ने पक्का भएको छ। कान्तिपुर म्याक्सले यसअघि आईपीएल विम्बल्डन र इंग्लिस प्रिमियर लिगजस्ता विश्वकै चर्चित प्रतियोगिताको समेत प्रत्यक्ष प्रसारण गरिसकेको छ।

कान्तिपुर संवाददाता

Link copied successfully