वडा २३ को आयोजनामा लैनचौर फुटसल मैदानमा भएको प्रतियोगिताको फाइनलमा वडा १३ ले वडा नं ४ लाई पेनाल्टी सुटआउटमा २-० ले पराजित गर्यो ।
काठमाडौँ — वडा नं १३ ले शनिबार तेस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि जितेको छ । वडा १३ पहिलो संस्करणमा उपविजेता बनेको थियो ।
वडा २३ को आयोजनामा लैनचौर फुटसल मैदानमा भएको प्रतियोगिताको फाइनलमा वडा १३ ले वडा नं ४ लाई पेनाल्टी सुटआउटमा २-० ले पराजित गर्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
पेनाल्टि सुटआउटमा विजयी टिमका लागि अभय राना र आशिष कपालीले गोल गरे । वडा नं ४ बाट पेनाल्टी सुटआउटमा गोल हुन सकेन । अभय फाइनलका म्यान अफ दि म्याच बने ।
वडा १३ का विकेश शाही सर्वाधिक गोलकर्ता बने । उनले कुल ७ गोल गरे । वडा ४ का विक्रान्त नरसिंह राना सर्वश्रेष्ठ खेलाडी र वडा १३ का विशाल शाही सर्वश्रेष्ठ गोलकपर चुनिए ।
विजेता वडा १३ ले ट्रफीसहित दुई लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता वडा ४ टिमले एक लाख रुपैयाँ प्राप्त गर्यो ।
