ससिन र सुमनको जोडी यल कप क्वाटरफाइनलमा

नागबहालका सशिन डंगोल र सुमन शाक्यको जोडी पाटनमा जारी १५ औं यल कपको पुरुष युगलतर्फ क्वाटरफाइनलमा पुगेको छ ।

कार्तिक २९, २०८२

कान्तिपुर संवाददाता

Sasin and Suman pair in the quarterfinals of the Yale Cup

काठमाडौँ — नागबहालका सशिन डंगोल र सुमन शाक्यको जोडी पाटनमा जारी १५ औं यल कपको पुरुष युगलतर्फ क्वाटरफाइनलमा पुगेको छ । उनीहरूले कोन्टीका निर्जन खड्गी र रितेश खड्गीको जोडीलाई २१–१२, २१–१२ को सोझो सेटमा हराए ।

नागबहालकै सुमित शाक्य र सुशन शाक्य, सुबहालका रमन महर्जन र अमन शाक्य, प्रयागपोखरीका सुनिल बाराही र पुजन चित्रकार, ओकुबहालका दिपेश शाक्य र निशेष शाक्य, चाकुपाटका सुमन शाक्य र सुशील शाक्य, नागबहालका पुजन शाक्य र श्रवण शाक्य र दथुबहालका राजु बज्राचार्य र सुमित महर्जनको जोडी विजयी भई अन्तिम आठमा पुगेका छन् ।

ललितपुर वडा नं. ७ भिन्छेबहालस्थित मयूरवर्ण महाविहारको कोर्टमा आयोजित प्रतियोगिताको मास्टर ४५ वर्षमाथिको प्रतिस्पर्धामा भुबहालका बाबुराजा वज्राचार्य र विजय वज्राचार्यको जोडीले ओकुबहालका भुवन शाक्य र विकास शाक्यको जोडीलाई २१–६, २१–१९ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगितामा ५ विधामा प्रतिस्पर्धा भइरहेको छ । पुरुष युगलका विजेताले ५० हजार र उपबिजेताले २५ हजार, तेस्रो स्थान प्राप्त गर्ने दुईले १०/१० हजार पुरस्कार प्राप्त गर्नेछन् । ब्वाइज यू–१५ को विजेता, उपबिजेता र तेस्रो स्थान प्राप्त गर्नेहरुले क्रमश: २५ हजार, १५ हजार र ५ हजार, महिला एकलतर्फ १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।   

कान्तिपुर

Link copied successfully