महिला भलिबल लिगमा कर्णाली यश्विस फेरि च्याम्पियन

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भरिभराउ समर्थकमाझ कर्णालीले पुरानै प्रतिद्वन्द्वी ललितपुर क्विन्सलाई हराएर उपाधि रक्षा गरेको हो ।

कार्तिक २९, २०८२

कान्तिपुर संवाददाता

Karnali Yashwis crowned champions again in women's volleyball league

काठमाडौँ — कर्णाली यश्विस वात्सल्य एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भरिभराउ समर्थकमाझ कर्णालीले पुरानै प्रतिद्वन्द्वी ललितपुर क्विन्सलाई हराएर उपाधि रक्षा गरेको हो ।

प्रतियोगितामा अपराजित गरेको कर्णालीले ३–२ को सेटमा जित हात पारेको थियो ।

गत ललितपुरलाई हराएर कर्णालीले महिला फेन्चाइज लिग भलिबलको उपाधि जितेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully