टीआईए र निम्स फाइनलमा भिड्ने

घरेलु कोर्टमा टीआईएले विल्सन एकेडेमीलाई ३९–१९ ले पराजित गर्‍यो । टीआईएको जितमा रेशन नगरकोटीले १६ स्कोर गरे ।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

TIA and NIMS to meet in the final

काठमाडौँ — आयोजक ठुङरम इन्टरनेसनल एकेडेमी (टीआईए) र निम्स शुक्रबार १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको फाइनल पुगेका छन् ।

घरेलु कोर्टमा टीआईएले विल्सन एकेडेमीलाई ३९–१९ ले पराजित गर्‍यो । टीआईएको जितमा रेशन नगरकोटीले १६ स्कोर गरे । फुर्वा तामाङको १४ स्कोरमा निम्सले ज्ञान निकेतनलाई ५०–४० ले हरायो ।

गर्ल्समा चेल्सी वर्ल्ड स्कुल र भ्याली पब्लिकले उपाधि भिडन्त पक्का गरे । चेल्सीले ग्रिनल्यान्डलाई २१–१६ ले पाखा लगायो । चेल्सीकी तेन्जिङ कुसाङ शेर्पाले ८ स्कोर गरिन् । भ्याली पब्लिकले निम्सलाई ४०–२४ ले पन्छायो । भ्याली पब्लिककी दृष्य गुरुङले १३ अंक बटुलिन् । फाइनल आइतबार हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully