सिरिजङ्गा गोल्डकप मंसिर २३ देखि, ८ टिम सहभागी हुने 

विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कार्तिक २८, २०८२

आनन्द गौतम

Srijanga Gold Cup to start on November 23, 8 teams to participate

ताप्लेजुङ — सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकको खेल मैदानमा मंसिर २३ गतेदेखि अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप २०८२ फुटबल प्रतियोगितमा हुने भएको छ ।

प्रतियोगितामा आयोजकसहित सहभागी ८ टिमको टुङ्गो लागेको आयोजकले बताएको छ । तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईका अनुसार न्यु स्टार फुटबल क्लब झापा, पारिजात संघ फुटबल क्लब सिलगुढी (भारत), रेडहर्ष फुटबल क्लब इलाम, वाइवाइ पाँचथर फुटबल क्लब (पाँचथर), साँगुरीगढी फुटबल क्लब (धनकुटा), मरिक एफसी धरान (सुनसरी) र म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुम सहभागी हुनेछन् । आयोजकको टिम तेल्लोक स्पोर्टिङ क्लबले नै तयार पार्नेछ ।  

विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव रञ्जित मावाले जानकारी दिए । विधागत पुरस्कारतर्फ सर्वोकृष्ट खेलाडीले १० हजार पाउनेछन् भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरले नगद ५ हजारका दरले पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई २ हजार ५ सयका दरले नगदै पुरस्कार प्रदान गर्ने आयोजकले बताएका छन् । 

यो सदरमुकाम फुङलिङपछि अधिक दर्शकले अवलोकन गर्ने र धेरै पुरस्कार राशिको प्रतियोगिता पनि हो । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully