वडा २३ को आयोजनामा लैनचौर फुटसल मैदानमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबारको सेमिफाइनलमा वडा ४ ले वडा ११ लाई सडन डेथमा ६–५ मा पराजित गर्यो ।
काठमाडौँ — काठमाडौं वडा नं ४ र वडा नं १३ बिच तेस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि भिडन्त हुने भएको छ ।
वडा २३ को आयोजनामा लैनचौर फुटसल मैदानमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबारको सेमिफाइनलमा वडा ४ ले वडा ११ लाई सडन डेथमा ६–५ मा पराजित गर्यो । निर्धारित समयको खेल २–२ ले बराबरीमा सकिएको थियो ।
निर्धारित समयमा वडा ४ का लागि दुवै गोल प्रसिद्ध थापा मगरले गरे । वडा ११ का लागि धने श्रेष्ठ र शंकर ध्वजले गोल गरेका थिए । त्यस खेलमा प्रसिद्ध म्यान अफ दि म्याच बने ।
अर्को सेमिफाइनलमा वडा १३ ले वडा ६ लाई पेनाल्टी सुटआउटमै २–१ ले पराजित गर्यो । निर्धारित समयको खेल १–१ ले बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा भएको हो । निर्धारित समयमा वडा १३ का लागि विकेश शाही र वडा ६ का लागि संयम घिमिरेले गोल गरेका थिए ।
