अभिषेकलाई सोझो सेटमा सफलता

बेंगलुरुस्थित रोहन बोपन्ना टेनिस एकेडेमीमा सेमिफाइनल प्लेअफमा अभिषेकले १ घन्टा ४३ मिनेट प्रतिस्पर्धा गर्दै खेल जितेका थिए ।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

Abhishek wins in straight sets

काठमाडौँ — नेपाली प्रो टेनिस खेलाडी अभिषेक बाँस्तोलाले बेंगलुरु यूटीआर प्रो टेनिस टुरअन्तर्गत शुक्रबार भारतका नीरज यशपाललाई ६–३, ६–२ ले हराएका छन् ।

बेंगलुरुस्थित रोहन बोपन्ना टेनिस एकेडेमीमा सेमिफाइनल प्लेअफमा अभिषेकले १ घन्टा ४३ मिनेट प्रतिस्पर्धा गर्दै खेल जितेका थिए ।

तेस्रो स्थानको प्लेअफ फाइनलमा पुगेका अभिषेकले शनिबार भारतकै लोहितक्ष बद्रानाथसँग प्रतिस्पर्धा गर्नेछन् ।

अमेरिकी खेलाडी बीएस चावलाविरुद्ध सोझो सेटमा सफलता पाएका अभिषेकले त्यसपछि लगातार तीन खेलमा पराजय भोगेका थिए ।

यस सिजनको अभिषेकको पहिलो यूटीआर प्रो टेनिस टुर सहभागिता हो । कुल २० हजार अमेरिकी डलर पुरस्कार राशि रहेको यो प्रतियोगिता विश्वका उत्कृष्ट ३ हजार खेलाडीमध्येबाट आमन्त्रण गरिएको खेलाडीको मात्र सहभागिता छ ।

पोखरामा रहेर १३ वर्षको उमेरदेखि नै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएका अभिषेक हाल अमेरिकामा टेनिस प्रशिक्षण लिइरहेका छन् । सन् २०२१ देखि उनले यूटीआर प्रो सिरिजका १३ प्रतियोगितामा भाग लिइसकेका छन् ।

कान्तिपुर

Link copied successfully